बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्रीको निर्देशन

admin

काठमाडौँ, १९ जेठ : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन बिभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ ।

फाईल फोटो

शुक्रबार काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रुपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । उहाले गंगालाल अस्पतालमा रहेका उपकरणहरुको प्रयोग, विरामीलाई दिईने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो भने उपचारका लागि आएका विरामीहरुसंग पनि कुराकानी गर्नुभएको थियो । उहाले यसअघि दिएको निर्देशन अनुसार अस्पतालको सेवाको सुधार देखिएको बताउनुभयो ।

बिभिन्न अस्पतालहरुमा गुणस्तरिय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको उहाले बताउनुभयो ।
मन्त्री बस्नेतले सरकारी र नीजि अस्पतालको उपचारको सेवा शुल्कमा एकरुपता ल्याउन पहल गरिने बताउनुभयो ।

प्रतिक्रिया