पुँजीगत लाभकरलाई नै अन्तिम कर काय गर्न माग गर्दै सेयर लगानीकर्ता आन्दोलित

admin

काठमाडौँ, जेठ १९ : सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

उनीहरुले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐकवद्धता जनाउदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

लगानीकर्ताको सम्पतीमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उहाले बताउनुभयो । उहाले यस मुद्धालाई सम्पूर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव दिनुभयो ।

उहाले यस बिषयमा संसदमा शसक्त रुपमा आवाज उठाउने जानकारी दिनुभयो । यता अर्थमन्त्री डा प्रकाशशरण महतले भने सेयर लगानीकर्ताहरु आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आउनुभएको छ ।

प्रतिक्रिया