संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

admin

काठमाडौँ, जेठ १९ : संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजीको माग गर्दै युवा विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

 

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका कारण नीतिगत भ्रष्टाचार बढ्ने भन्दै नीतिगत भ्रष्टचार विरुद्ध विद्यार्थी संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले सांसदहरुको काम विधायन निर्माण गर्ने र ठेक्कापट्टा गर्ने नभएको बताएका छन् । त्यस्तै उनीहले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम शक्ति पृथकीकरणको मान्यताविपरित भएको र यसले संघीयताको मर्ममा आघात पुगेको बताएका छन् ।

साथै उनीहरुले नीतिगत भ्रष्टाचारको जरो उखेल्नका लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजी हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया