टुसाल मल्टि भेन्यूको आकर्षक समर अफर: विशेष छुट र सुविधासहित

admin

काठमाडौँ :टुसाल मल्टि भेन्यूले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न कर्पोरेट प्याकेज समेटिएको समर अफर सार्वजनिक गरेको छ ।

‘नाम एक सुविधा अनेक’ दिने उद्देश्यका साथ काठमाडौंको तार्केश्वर नगरपालिका ०८ मा अवस्थित टुसाल मल्टि भेन्यूले आगन्तुक पाहुना र ग्राहकलाई भारी छुट सहितका विभिन्न समर अफर प्याकेजको व्यवस्था गरेको हो। एउटै छातामुनी रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, साउना, स्टिम, ज्याकुजी जस्ता सेवा दिदै आएको मल्टि भेन्यूमा ग्राहकमा उत्साह बढाउन र कर्पोरेट कल्चरलाई प्रोत्साहान गर्न विशेष अफर प्याकेज ल्याएको संचालक पुष्करजंग थापाले जानकारी दिए।

यी हुन् समर अफर प्याकेजहरु

‘रिफर अ फ्रेन्ड’ योजना
यो अफर आफ्ना साथी, परिवार तथा आफन्तजनलाई टुसाल हेल्थ क्लबको सदस्य हुन सिफारिस गर्दा नगद प्राप्त गर्न सकिने योजना हो ।

यस योजना अनुसार कसैको सिफारिसमा कोही टुसाल हेल्थ क्लबको सदस्य बनेमा सिफारिस गर्ने व्यक्तीले नगद भौचर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना अनुसार टुसाल हेल्थ क्लबको वार्षिक सदस्य बनाएमा १० हजार नगद प्राप्त गर्न सकिने छ भने तिन महिना सम्मको सदस्य बनाएमा पच्चीस सय र एक महिनाको सदस्य भएमा रु पाँच सयको क्यास भौचर प्राप्त गर्ने सकिने छ।

समर पुल पार्टी
यस प्याकेज अन्तर्गत सामुहिकरुपमा ग्राहकले समर पुल पार्टीको मज्जा लिन सक्ने छन् । यस अफर अन्तर्गत कम्तिमा २० जनाको संख्यामा उपस्थित भएमा प्रति व्यक्ति २ हजारका दरले टुसाल मल्टि भेन्यूले विशेष पुल पार्टीको व्यवस्था गरिदिने छ। यस अफर अन्तर्गत अनलिमिटेड पौडिको मज्जा लिन सकिने छ भने एक घण्टाका लागि उक्त समुहले अनलिमिटेड बार्बिक्यू र आफ्नो रोजाईको कुनै एक बोत्तल वियर लिन सक्नेछन्। यो संगै उक्त समुहले ब्रेक फास्ट,लञ्च वा डिनरको पनि मज्जा लिन सक्ने छन्।

युवतीलाई निःशुल्क पौडी
टुसाल मल्टीभेन्यूले नेपालमै पहिलो पटक युवती र महिलाहरुका लागि हरेक बुधबार र शुक्रबार निःशुल्क पौडीको व्यवस्था गरेको छ। आषाढ १५ सम्मका लागि मात्र लागू हुने यो सुविधा १८ वर्ष भन्दा माथीको उमेर समुहका महिला र युवतीहरुले मात्र लिन सक्ने छन् ।

फोटोग्राफीमा विशेष छुट
फराकिलो ठाउँ, आकर्षक डिजाईनको भवन,पार्टी प्यालेस, स्विमिङ पुल, खुल्ला रेस्टुरेन्ट,सुन्दर बगैंचा र च्यान्जिङरुमको पनि व्यवस्था भएकाले टुसाल मल्टि भेन्यू फोटोसुटका लागि पनि उपयुक्त गन्तव्य हो। यहाँ फोटोसुट गराउन चाहाने फोटोग्राफरले पहिलो पटकमा भेन्यू चार्जमा ५००० नगद छुट प्राप्त गर्न सक्ने छ भने रेष्टुरेण्ट बिलमा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ। टुसाल मल्टिभेन्यूमा लगातार ४ पटक सम्म फोटोग्राफीका लागि बुक गर्ने फोटोग्राफरले पाँचौ पटकमा भेन्यू चार्ज निःशुल्क प्राप्त गर्न सक्ने छ।

जिम र कार्डियोका सदस्यलाई विशेष अफर
टुसाल हेल्थ क्लबमा जिम र कार्डियोका सबै सदस्यहरुले एक महिनाका लागि दुई पटक सम्म पौडी र एक पटक स्पाको निःशुल्क सेवा पाउने व्यवस्था पनि कम्पनीले गरेको छ। यो सुविधा वार्षिक, त्रैमासिक वा मासिक सदस्य बन्ने जो कसैले पनि सहजै प्राप्त गर्न सक्ने छन्।

प्रतिक्रिया