कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैन : सभापति शेरबहादुर देउवा

admin

काठमाडौँ, जेठ २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउँदै आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उहाँले अब युवा पुस्ताकै पालो भएको बताउनुभयो ।

उहाँले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आ आफूले सहयोग गर्ने मात्रै रहेको बताउनुभयो । सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताउनुभयो ।

 

प्रतिक्रिया