सुरबिर, शारदा र नबिनाको अभिनयमा आयो ‘भुक्के चप्पल’

admin

काठमाडौँ : गायक तथा कलाकार सुजन शिवाकोटीको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज भएको छ ।

सामाजिक अभियन्ता तथा युवा व्यबसायी समेत रहेका गायक शिवाकोटीकै शब्द तथा संगीत रहेको गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

जसमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय देख्न सकिन्छ । एक रोमान्टिक प्रेम जोडीको रोमान्स, ख्याल ख्यालैमा माया बसेको दृश्य र ग्रामिण परिवेशको कथामा तयार पारिएको भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् ।

प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन मिन रावलले गरेका हुन् ।

रावलक कलरिङ रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो । गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रतिक्रिया