डेंगु रोकथाम र उपचारका लागि सरकारलाई निर्देशन दिन रास्वपाको संकल्प प्रस्ताव

admin

काठमाडौँ, २१ जेठ : डेंगु रोगको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराउनुभएको छ ।

डेंगु एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीको रुप लिएको खण्डमा धनजनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस बर्षको बर्षायाम सुरु हुनु अगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि श्रेष्ठले संसदमा संकल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई डंगु जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्वतयारी गर्नुपर्ने लगाएतका बिषय समावेश गरि संकल्प प्रस्ताव दर्ता गरिएको श्रेष्ठले जानकारी दिनुभयो । उहाले रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यको लागि जनस्वास्थ्य निरीक्षकहरुलाई देशभर परिचालन गर्ने, गरीव विपन्न र पिछडिएको समुदाय लक्षीत कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताउनुभयो ।

उहाले उपचारको लागि विद्यमान अस्पताहरुको क्षमता बृद्धि गर्नुपर्ने, रोग नियन्त्रणका स्थानीय तहहरुलाई उनीहरुको उत्तरदायित्व र जिम्मेवारी वोध गराउने कार्यक्रम ल्याउन माग गर्नुभएको छ ।

प्रतिक्रिया