नागरिकता विधेयक खारेजीकाे माग राख्दै नेमकिपाको प्रदर्शन

admin

काठमाडौँ, २१ जेठ : नागरिकता विधेयक खारेज गर्नुपर्ने माग राख्दै नेपाल मजदुर किसान पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयक राष्ट्रघाती रहेकाले यसको खारेजीको माग गर्दै नेमकिपाले आइतबार काठमाडौंको कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् ।

देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाका आरोप छ ।

नेमकिपाका सांसद प्रेम सुवालले संसदलाई छलेर प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष विधेयक प्रमाणीकरण्का लागि सिफारिस गरिएको आरोप लगाउनुभयो ।

यसअघिका सभामुख अग्नि सापकोटाले पेश गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु भनेको किर्ते र जालसाझी भएको उहाले बताउनुभयो । उहाले संसद र संविधानलाई छलेर विदेशीलाई खुसी पार्न अघि बढाइएको नागरिकता विधेयकलाई खारेज गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाले नागरिकता विधेयकका कारण देश सिक्कीमिकरण हुने खतरा रहेको जिकिर गर्नुभयो । विरोध प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको कदम फिर्ता गर, देशघाती प्रमाणीकरण खारेज गर लगाएतका प्लेकार्ड सहित नारावाजी गरेका थिए ।

प्रतिक्रिया