वर्तमान सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न सक्दैन : ओली

admin

काठमाडौँ, २३ जेठ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै ओलीले वर्तमान सरकार नेपाललाई बिकासीत देशको रुपमा रुपान्तरण गर्न नसक्ने बजेट ल्याएको सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न नसक्ने बताउनुभएको हो ।

उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता , नेपालको समृद्धिका साथै देशको हित बिपरित आएको बजेटलाई स्वीकार गर्न नसकिने जिकिर गर्नुभयो । बजेट संसदबाट अंकणीतिय हिसावले पास हुन सक्ने भएपनि व्यवहारिक रुपमा नै पारित हुनुपर्ने उहाले बताउनुभयो ।

उहाले गठबन्धनको जीवनरक्षाका लागि मात्रै आएको बजेट भएको र नेपाल र नेपालीको हितका लागि नआएको तर्क गर्नुभयो । यस्तै ओलीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले दिएको सुझावलाई वेवास्ता गरिएको भन्दै बजेटले लिएको लक्ष्य पूरा नहुने दावी गर्नुभयो ।

उहाले पूजीगत खर्च घटाउनु युवाहरुको अपेक्षालाई पुरा गर्न नसक्नु मात्रै भएको पनि बताउनुभयो । घट्दो पूजीगत खर्चबाट मुलुकको आर्थिक बिकासको लक्ष्य समेत पुरा हुन नसक्ने उहाले बताउनुभयो । एमाले अध्यक्ष ओलीले सम्पूर्ण नेपाली र नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न चूकेको जिकिर गर्नुभयो ।

उहाले रोजगारीको अवसर सिर्जना गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, बढ्दो मूल्य नियन्त्रण गर्ने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी बनाउने लक्ष्य बजेटले लिन नसकेको धारणा राख्नुभयो । उहाले अहिले पन्ध्रौँ पञ्चवर्षीय योजनाको अन्तिम वर्ष भएकाले त्यो पुरा गर्ने अगामी १६ औँ पञ्चवर्षीय योजनाको सुरुवातका लागि समेत बजेटले स्पष्ट खाका तयार गर्न नसकेको बताउनुभयो ।

उहाले राष्ट्रिय आत्मनिर्भरता खाधान्न भएपनि व्यवसायीक कृषिका बिषयमा बजेट मौन रहेको बताउनुभयो । ओलीले बजेटमा रहेका अव्यवहारीक बिषयहरुलाई सच्चाउनुपर्ने बताउनुभयो । सत्ता अहंकारले बजेटमा परिवर्तन नगरे परिणामले सत्ता अहंकारको भूत झारिदिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया