चिनियाँ राजदूत सँगै लिएर भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे चक्रपथ सडक विस्तारको अनुगमन

admin

काठमाडौँ, २३ जेठ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिटै सुरु हुने बताउनुभएको छ ।

मंगलबार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत काठमाडौंको कलंकीदेखि बसुन्धारासम्मको सडकखण्ड निरिक्षण गर्दै मन्त्री ज्वालाले उक्त आयोजना छिटै सुरु हुने बताउनुभएको हो । उहाले कलंकीदेखि बसुन्धारासम्मको ८ दशमवल २ किमि सडकका सरकारले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको र चीन सरकारले डिपिआर बनाएर छिटै टेन्डर गर्ने जानकारी दिनुभयो ।

मन्त्री ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको काम छिटो सुरु गर्ने गरि तयारी गर्न आग्रह गरिएको बताउनुभयो । उहाले उक्त सडकखण्ड अन्तर्गत ढुङ्गेधारा, गंगबु र बसुन्धारामा सडकका साथै अण्डरपास बनाउनका आग्रह गरेको र चिनिया राजदूतबाट सकारात्मक जवाफ प्राप्त भएको उल्लेख गर्नुभयो ।

अनुगमनमा नेपालका लागि चिनिया राजदूत लगाएत सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थीति रहेको थियो । चीन सरकारको अनुदानमा निर्माण भइरहेको चक्रपथ सडक विस्तार अन्तर्गत पहिलो चरणको कोटेश्वरदेखि कलंकीसम्मको विस्तारको काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया