वैदेशिक रोजगारका समस्या समाधानका लागि सरकारलाई रिटर्नी फेडेरेसनको १९ बुँदे ध्यानाकर्षण

admin

काठमाडौँ, २३ जेठ : रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको पुनसर््थापना वा समायोजनका लागि आवश्यक पर्ने ऐन, कानून नियम तथा निर्देशिका तत्काल तयार गरि लागू गर्न माग गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेडेरेसनले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न माग गरेको हो ।

रिटर्नीको समष्टिगत व्यवस्थापनको लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकास गर्न समेत संगठनले माग गरेको छ भने फेडेरेसनले वैदेशिक रोजगाबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरी उनीहरुको सीप, पूँजी र प्राविधिक ज्ञानको पहिचान सहितको श्रमिक तथ्याङ्क बैंक स्थापना गरी देशको योजना तथा उत्पादन क्षेत्रमा उपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिएको संगठनका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो ।

फेडेरेसनले रिटर्नी लक्षित सरकारी नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रमा रिटर्नी प्रतिनिधीको सहभागिताको सुनिश्चिता गर्न पनि माग गरेको छ ।

 

प्रतिक्रिया