दाबी कोशी प्रदेशमा पहिचानवादीलाई प्रचण्डले भड्काए : ओली

admin

काठमाडौँ, २५ जेठ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अव चूप लागेर नवस्ने चेतावनी दिनुभएको छ ।

बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरुले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अव चूप लागेर नवस्ने चेतावनी दिनुभएको हो ।

उहाले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने उल्लेख गर्नुभयो । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन प्रचण्डको संलग्नता रहेको उहाले आरोप लगाउनुभयो । उहाले जातिय द्वैष फैलाउदै समाजलाई बिभाजन गर्ने षडयन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिलाई मुलधारमा ल्याउने अथक प्रयासमा रहेको बताउनुभयो । उहाले दुईतिहाई नजिक पुराएको कम्युनिष्ट आन्दोलनलाई विदेशी शक्तिको इशारामा पार्टीभित्रकै मान्छेले ध्वस्त पार्ने काम गरेको भन्दै एमाले राष्ट्रप्रतिको इमान्दारीतामा कहिल्यै नबिक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया