गणतन्त्र व्यवस्था नेपाली जनताको लागि अफापसिद्ध भयोः दूर्गा प्रसाई

admin

काठमाडौँ, २५ जेठ : मेडिकल व्यवसायी दूर्गा प्रसाईले गणतन्त्र व्यवस्था नेपाली जनताको लागि अफापसिद्ध भएको बताएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान –२०७९ अन्तर्गत सम्पूर्ण राष्ट्रवादीहरुको एकता बृहत् घोषणा सभामा व्यवसायी प्रसाईले गणतन्त्र प्रधानमन्त्री दिल्ली जादाँ जति मान्छे गए तीनलाई मात्र गणतन्त्र आएको बताएका हुन् । उनले नेपाली जनताको जीवन परिवर्तन गर्नको लागि २०४७ को संविधानमा जान र व्यवस्था परिवर्तन गर्न जरुरी भएको दावीसमेत गरे ।

उनले भने, ‘यो व्यवस्था फर्नुपर्छ गणतन्त्र हामीलाई फापेन, गणतन्त्र भनेर प्रधानमन्त्री दिल्ली जाँदा जति मान्छे गए तीनलाई मात्र आयो, गणतन्त्र सुनको तस्कर, बैंक तस्करहरु, लघुवित्त तस्करहरु माईतीघरमा छन् । हामी २०४७ को संविधानमा जान जरुरी छ, व्यवस्था परिवर्तन गर्न जरुरी छ । जबसम्म यो व्यवस्था परिवर्तन हुदैँन । तपाईहरुले मुक्ति पाउनु हुदैँन ।’

व्यवसायी प्रसाईले आफू भुईं मान्छेको लागि काम गर्ने व्यक्ति भएको भन्दै राज्यलाई चाहिन्छ भने आफ्नो ८० प्रतिशत सम्पत्ति दिन तयार भएको उल्लेख गर्दै राज्यले सबैको ऋण मुक्ति गर्नुपर्ने बताए ।

उनले भने, ‘म भुई मान्छेको मान्छे हो । तपाईहरुको ऋण नतिरेसम्म म चुप लागेर बस्दिन । यदि राज्यलाई चाहिन्छ भने मेरो २० प्रतिशत मात्र सम्पत्ति राखेर सबै सरकारलाई दिन तयार छु । तर यो राज्यले तपाईहरुलाई मुक्ति गर्नुपर्छ । आज नेपालीहरुलाई सामन्तिले सकायो, ५५ जना व्यापारी र १० जना नेता त्यही नेताभित्रका लघुवित्त, सहकारी तीनैले चलाउने हो । तीनैले आज गरीबको घर लुट्यो, गरीबका छोरी चेलीहरुलाई बलात्कार ग-र्यो भनेर भन्दा म कसरी फटाभए , आज म उनीहरुको गाँस बाँस कपास बचाउन हिँड्या छु, म त्यतिकै कराएको होइन ।’

व्यवसायी प्रसाईले २ करोड ९० लाख जनसंख्या भएको मुलुकमा १ करोड २५ लाख युवाहरु देशमा नभएको भन्दै अब काठमाडौं उपत्यका छिट्टै खाली हुने दावी पनि गरे ।

प्रतिक्रिया