यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौँ, २६ जेठ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४३ पैसा र बिक्री दर १४२ रूपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया