यस्तो आयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

admin

काठमाडौँ, २६ जेठ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

५१ पेज लामो नीति तथा कार्यक्रममा रोजगारी सृजना गर्ने गर्ने नीति तथा कार्यक्रमलाई प्रमुख प्राथमिकता दिइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सपथग्रहणकै क्रममा रोजगारी सृजनालाई प्रमुख प्राथमिकता दिने घोषणा गरेअनुसार नीति तथा कार्यक्रममा पनि रोजगारी सृजनालाई जोड दिइएको छ ।

प्रदेशबासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन बृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व बृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीति प्राथमिकमा केन्द्रित हुनेगरी कार्यक्रम चलाइने भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा केहि आकर्षक नाराहरु समेटिएको छ ।

यसैबीच नीति तथा कार्यक्रमका बारेमा नेताहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता लिला गिरीले अहिलेको आर्थिक समस्यालाई समाधान गर्ने खालको नीति तथा कार्यक्रम आउनु नसकेको प्रतिक्रिया दिनुभयो । उहाले नीति तथा कार्यक्रम परम्परागत रहेको बताउनुभयो । त्यस्तै अन्य प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् ।

कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम बिस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । घरदैलोमा प्राविधिक सेवा: उत्पादनमा टेवा, श्रमको सम्मान :लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै, सीप सिकौं दक्ष बनौं, उद्योग दर्तामा प्रविधि : लुम्बिनी प्रदेशको उन्नति, मानव विकासको आधार : लुम्बिनीमा स्तरीय र सुरक्षित पूर्वाधार, कृषिको आधार: सिंचाइमा सुधार, जस्ता नाराहरु प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ ।

पूर्णपाठ

 

प्रतिक्रिया