‘नेपाली लोकनाचको विगत र बर्तमान’ गोष्ठी सम्पन्न

admin

काठमाडौँ, २६ जेठ : कार्यपत्र प्रस्तुति र त्यसमाथि टिप्पणीसँगै ‘नेपाली लोकनाचको विगत र बर्तमान’ शिर्षकको कार्यशाला गोष्टी आज सम्पन्न भएको छ । सो गोष्ठीमा नेपाली लोक नृत्यको सँरक्षणमा राज्यपक्षबाटै पहल गरिनु पर्ने सम्बन्धि कलाकारहरुले बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली लोकनाचको विगत र बर्तमान’ शिर्षकको शो कार्यक्रममा स्वागत मन्तव्य संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सभा सदस्य शान्ति कठायतले लोक नृत्यमा नेपाल धनी भएको बताईन् ।

आयोजित नृत्य सम्बन्धि गोष्टी कार्यक्रममा पश्चिमा नृत्यले हाम्रो लोकनृत्यलाई अतिक्रमण गरिरहेका पनि उनीहरुले बताएका छन् । गोष्ठीको आयोजना नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य बिभागले गरेका हो ।

नेपाली लोक नाचको बिगत र वर्तमान शिर्षकमा सो समारोहमा वरिष्ठ नृत्य निर्देशक केपी पौडेलले कार्यपत्र पेश गरेका थिए । उनको कार्यपत्रमाथि टिप्पणी गर्दै नृत्य निर्देशक रमेश थापाले कार्यपत्रमा धेरै कुरा समेटिएको बताए । लोकसँस्कृति विद रामप्रसाद कँडेलले कार्यपत्रमा टिप्पणी गर्दै त्यसमा छुटेको कुराहरु औंल्याई दिए । सो कार्यक्रमको सहजीकरण गरेका प्राज्ञ सभा सदस्य महेश गोदारले कार्यपत्रको बारे चर्चा गरे ।

प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा नृत्य बिभाग प्रमुख बखत बहादुर हमाल (सुबर्ण)ले आफुहरुले नेपाल लोक नृत्य संरक्षण र प्रवर्धनमा सक्दो काम गर्ने प्रतिबद्धता जनाए । नृत्यमा पनि लोक तथा मौलिक नृत्य छायाँमा रहेकाले यसको प्रवर्धन गर्नकै लागि आफुहरुले विभिन्न कार्यक्रम गर्दै आएको पनि उनले बताए ।

नेपालका प्रथम नृत्य निर्देशक भैरब बहादुर थापाले गाउँ गाउँमा पुगेर आफुले विभिन्न लोक नृत्यहरु ल्याएर त्यो नृत्य अरुलाई प्रशिक्षण दिँदै नेपाली लोक नृत्यको सँरक्षण गर्दै आएको बताए ।

नृत्यबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव कुश्मा महराले नेपालमा नृत्यको अबस्थाबारे प्रकाश पारे ।

वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधान, नारायणदेवि प्रधान, नेपाल सङ्गीत तथा नृत्य निर्देशक संघका महासचिव नृपध्वज खत्रीले पनि नेपालमा लोकनृत्यको अबस्थाबारे सो कार्यक्रममा आफ्नो भनाई राखे ।

प्राज्ञ परिषद सदस्य सुवर्णको संयोजकत्वमा आयोजितो सो कार्यक्रममा सो प्रतिष्ठानकी कुलपति निशा शर्माले नृत्यको महत्ववारे प्रकाश पारिन् । आफ्नो कार्यकालमा धेरै भन्दा धेरै काम हुने पनि उनले बताईन् ।

समारोहमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख हिसन बहादुर मगर , परम्परागत तथा शास्त्रीय विभाग प्रमुख डाक्टर किरात, लोक सङ्गीत विभाग प्रमुख टीका पुनलगायतका उपस्थिति थियो ।

प्रतिक्रिया