समृद्ध र बलियो मुलुक बनाउन राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

admin

काठमाडौँ, २६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्ध र बलियो मुलुक बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अराजता र अस्थीरता पैदा गर्ने तत्वहरु सक्रिय हुन खोजिरहेको अवस्थामा मुलुकलाई बलियो र समृद्ध बनाउनका लािग राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको हो ।

उहाले आफु नेतृत्वको सरकारको मुख्य ध्यान सुशासनमा रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै नभइ सवै प्रकारको बेतिथिको अन्त्य गर्न सरकार अघि बढिरहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका सकारत्मक कुरालाई बंग्याएर भ्रमण सिर्जना गर्न खोजको बताउनुभयो । मुलुकमा परिवर्तन स्थापीत गर्ने शक्तिले नै राष्ट्रलाई एकता गर्न सक्ने र नयाँ योजनाका साथ अघि बढाउन सक्ने भन्ने कुरालाई सावित गर्न नसके देश दुर्घटनामा पर्ने खतरा रहेको उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता भएकाले यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्व दिएको पनि बताउनुभयो ।

उहाले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता, विदेशस्थित नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिनसक्ने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्दार लगायतका महत्वपूर्ण निर्णय र कामहरु भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया