बजेटले मुलुकको आर्थिक संकटकाे सामना गर्न सक्दैन : राप्रपा

admin

काठमाडौँ, २६ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बजेटले जनताको आशा जगाउन नसकेको र आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

लक्ष्य अनुसारको राजस्व र अनुदान उठ्न नसक्ने र प्राप्त राजस्व र अनुदान समेत खर्च हुन नसक्ने बजेटले भविष्यमा नकारात्मक असर गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो । उहाले नागरिकता विधेयकलाई पनि संसदमा नल्याई सिधै प्रमाणीकरण गर्ने प्रक्रिया गलत भएको निष्कर्ष रहेको जानकारी दिनुभयो ।

बैठकले निष्कृय र प्रभावहिन रहेका र अत्यन्तै विवादास्पद रहेका जिल्ला कार्यसमितिलाई विधान बमोजिम खारेज गर्ने निर्णय गरेको छ भने केन्द्रीय नेताहरुलाई तत्कालै भुगोल केन्द्रीत जिम्मेवारीमा पठाउने निर्णय अनुसार कार्यबिभाज गर्ने काम ७ दिन भित्र गर्ने निर्णय गरिएको लिङ्देनले बताउनुभयो ।

बैठकलले राप्रपाका मुद्धा स्थापीत गर्नका लागि र जनजिविकाका बिषमया सरकारको ध्यानाकर्षित गर्नका लागि शान्तिपूर्ण नागरिक आन्दोलन अघि बढाउने र कार्ययोजना बनाउन गठित कार्यदलको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

प्रतिक्रिया