काठमाडौँ, २६ जेठ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखापरेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले नक्कली शरणार्थी प्रकरण, मिटरव्याजी समस्या र विना पैसा कुनै पनि काम नहुने अवस्थाले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखापरेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उहाले राजनीतिकको स्तर माथि उठाउनका लागि, राजनीतिमा देखिएको वितृष्ण घटाउनका लागि आफुहरुले नयाँ यात्रा प्रारम्भ गरेको उल्लेख गर्नुभयो ।
उहाले इमान्दारहरु पछि गर्ने अवस्थालाई परिवर्तन गर्नकै लागि सवैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले संविधानमा आँच आउन नदिन सजकतापूर्वक अघि बढ्दै संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई स्थापीत गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।