शरणार्थी प्रकरणमा अहिले समातिएकाहरू जरा हुँदै होइनन्, हाँगाबिँगा हुन् : रवि लामिछाने

admin

काठमाडौँ, २७ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले समातिएकाहरु मुख्य व्यक्ति नभएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको अर्घाखाँची-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै सांसद्समेत रहेका लामिछानेले नक्कली भुटानी शरणार्थीमा अहिले समातिएका व्यक्तिहरू हाँगाबिगाँ मात्रै भएको बताएका हुन्।

‘नक्कली भुटानी शरणार्थीमा जो मानिसहरु अहिले समातिए, ती मानिसहरू भ्रष्टाचारको जरा होइनन्, हाँगाबिँगा मात्रै हुन्,’ उनले भने, ‘अहिले समातिएका जरा हुँदै होइन, जुनसुकै परिस्थितिको सामना गर्न परे पनि हामीहरू चाहिँ त्यो जरासम्म पुग्नका लागि काम गरिरहेका छौं।’

लामिछानेले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको बताए। दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने पनि लामिछानेले बताए।

प्रतिक्रिया