कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ: सभापति देउवा

admin

काठमाडौँ, २७ जेठ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेदन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताउनुभएको हो ।

उहाले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउदै गाउ गाउ घर घर मा पुराउनुपर्नेमा जोड दिनुभयो । अहिले गठबन्धनको सरकार देशमा रहेको भन्दै गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उहाले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले पार्टी भित्रको गुट–उपगुट बढ्दै गए कांग्रेस समाप्त हुने भन्दै गुट–उपगुट अन्त्य गर्नुपर्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउनका लागि जनतासंग जोड्ने प्रयास गर्नैपर्ने उहाले बताउनुभयो ।

त्यस्तै कोइरालाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गरि प्रशासन कार्यालयमा इकाइ खडा गर्ने कामले आयोगको कामले लोकतन्त्र मजबुद हुन नसक्ने बताउनुभयो । तीनवटै अदालतले गरेको निर्णयका विरुद्ध राष्ट्रपतिले रेशम चौधरीलाई माफी दिने कुराहरु भोलीका दिनमा गम्भीर हुने भन्दै सरकार टिकाउन गरिएको निर्णयले लोकतन्त्र नै कमजोर हुने बताउनुभयो ।

आर्थिक सामाजिक सांस्कृतिक विविधताहरु अहिले पनि अप्ठेरोमा परेको भन्दै कोइरालाले यसलाई समानतामा ल्याउन नसके संविधान अप्ठेरोमा पर्न सक्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया