काठमाडौं, २८ जेठ: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी बर्षको बजेट समर्थन गर्न योग्य नभएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएको चूनौति सामना गर्न बजेटले कुनै पहल नगरेको भन्दै बजेट समर्थन गर्न योग्य नभएको बताउनुभएको बताउनुभएको हो ।
उहाले मुलुकको अर्थतन्त्रको समस्यालाइ चिन्न नसकेको र यसले समाधानका लागि कुनै दृष्टिकोण दिन नसकेको जिकिर गर्नुभयो ।
कुल ग्राहस्त उत्पादनमा बृद्धि गर्ने, आम जनताको उपभोक्ताको क्रय शक्ति बढाउने, मुल्य बृद्धि नियन्त्रण गर्ने लगाएतका काममा बजेटको ध्यान जान नसकेको उहाले बताउनुभयो ।
उहाले नेपालले आफैले लगानी गर्ने भनिएको जलविधुत आयोजनाहरु विदेशीलाई हस्तान्तरण गर्ने काम सरकारले गरेको आरोप लगाउनुभयो ।
कर बढाउने वा कर लगाउने उदेश्यले मात्रै राजस्व परिचालन हुन नसक्ने भन्दै उत्पादन बृद्धि नभएसम्म करको लक्ष्य विस्तार र हासिल गर्न नसकिने तर्क गर्नुभयो ।
आर्थिक दायित्व खासै नपर्ने संस्थाहरु खारेज गर्ने निर्णय भएपनि खर्च घटाउन भत्ता खारेज गर्ने काम गर्न नसकेको उहाले बताउनुभयो ।
पौडेलले बिधुतिय सवारी साधनको करको हर हेरफेर गर्ने प्रस्तावको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखनुभयो । सरकारको नीति तथा कार्यक्रमसंग बजेटको कुनै अन्तरसम्बन्ध नदेखिएको उहाले बताउनुभयो ।