नेपालको राष्ट्रियता संकटोन्मुख : मोहनविक्रम सिंह

admin

काठमाडौं, ३० जेठ: नेपाल कम्युनिष्ट पार्टी मसालका महासचिव मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताउनुभएको छ ।

दाङको घोराहीमा मंगलबार भएको पत्रका र सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले सय वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई उल्टाउने शक्तिहरु सक्रिय भएको बताउनुभयो ।

नेपाली जनताको सय वर्षे लामो संघर्षको उपलब्धी अब कसले रक्षा गर्ने भन्ने हाम्रो सामु ठूलो समस्या रहेको उहाँले औल्याउनुभयो ।

नेपालको सिमा अतिक्रम गर्दै लामो समयदेखि नेपालीलाई दुख दिने काम गरिरहेको बेला अमेरिकाले पनि हस्तक्षप गर्न थालेको र अमेरिकाले एमसीसी र एसपीपी मार्फत नेपालमा अमेरिकी सामराज्यबाद लाद्न खोजेको उहाले बताउनुभयो ।

यसअघि नेपालमा भारत र अमेरिकाले यहाँका पूरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै आएकोमा अहिले नयाँ राजनीतिक दलनै खोलेर नेपालमाथि हमला गरिरहेको पनि सिंहको भनाई छ । यस्तै उहाँले नागरिकता विधेयक मार्फत ठूलो संख्यामा भारतीयहरुलाई नेपाली बनाउने चलखेल भइरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया