काठमाडौं, ३१ जेठ: संघीय शिक्षा ऐन छिटो जारी गर्नुपर्ने माग राख्दै संसद भवन अगाडी प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन लगायतका ऐन छिटो पारित गर्नुपर्ने भन्दै संसद भवन अगाडी प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संसद भवनको गेट अगाडी प्रदर्शन सुरु गर्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुले शिक्षा ऐन जारी गर, शिक्षा परिवर्तनको बाटो खोज लगाएतका नारावाजी गरेका थिए । शिक्षा क्षेत्रसंग सम्बन्धीत कानून समयमा नै नवनाउदा शिक्षाको लागि आवश्यक नीतिगत निर्णय नभएर शिक्षा क्षेत्र पछाडि परेको उनीहरुको भनाइ छ ।
उनीहरुले शिक्षा सम्बन्धी ऐन अघि बढाउने बिषयमा सरकार मौन बसे आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।