प्रतिनिधिसभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुने

admin

काठमाडौं, ३२ जेठ: संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया