गत वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिनाथमा छिरेको छ : प्रेम आले

admin

काठमाडौं, ३२ जेठ: नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले सिसी क्यामेराको तार काटेर पशुपतिनाथमा अनियमतता भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा ओलेले सिसी क्यामेराको तार काटेर दानपेटिका हराएको, पुरात्वात्विक मूर्तिहरु हराउन थालेको बताउनुभएको हो ।

आलेले पशुपतिनाथमा भएका अनियमिताबारे आवश्यक छानबिन गरेर त्यसमा संलग्नलाई कारबाही गर्नुको सट्टा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अनियमिता गर्नेलाई नै संरक्षण दिएको आरोप लगाउनुभयो ।

अनियमिताका बिषयमा परिषद् सदस्यको संयोजकत्वमा छानबिन समिति बनाएर दिएपनि तार काट्ने मुसालाई कारबाही नगरी प्रतिवेदन लुकाउने काम भएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले गोठाटारको सार्वजनिक जग्गासमेत मिलेमतोमा हिनामिना गरेको आरोप लगाउदै सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यलाई उल्टै कारबाही गर्ने काम भएको बताउनुभयो ।

सांसद आलेले वायुसेवा निगमको जहाज किन्ने विषयमा असन्तुष्टि व्यक्त गर्दै वायुसेवाको ऋण ५० अर्ब नाघिसक्दा पनि निगमले चार अर्ब नाफा कमायो भनी पर्यटन मन्त्रीले झुट बोलेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया