काभा पुरुष भलिबल नेशन्स लिगमा जाने नेपाली टोलीको बिदाइ

admin

काठमाडौं, ३२ जेठ: किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

बिहीबार काठमाडौंमा नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरि नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगाएत संघका पदाधिकारीले विदाई गरेका थिए ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।

विदाई कार्यक्रममा राष्ट्रिय पुरुष भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले उत्साहको रुपमा प्रतियोगीतामा भाग लिने भन्दै यसले एशियाली खेलकुदको तयारी समेत हुने बताउनुभयो ।

उहाले बिगतमा खेलेको टिम भन्दा बलियो टिम संग खेल्ने भन्दै सिक्ने अवसर प्राप्त हुनेजिकिर गर्नुभयो । त्यस्तै पुरुष भलिबलका कप्तान हरिहजुर थापाले अहिलेको प्रतियोगीतामा मजबुद टिम रहेकाले चूनौति रहेपनि चूनौतीसंंग लडेरै आउने बताउनुभयो ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।

प्रतिक्रिया