सुदूरपश्चिम सरकारले गत वर्षभन्दा झण्डै ६ अर्ब घटाएर ल्यायो आगामी वर्षको बजेट

admin

काठमाडौं, असार १ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ बढिको बजेट प्रस्तुत गर्नुभएको हो ।

उहाले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरेको बतानुभयो ।

त्यस्तैअन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तिय व्यवस्थातर्फ ३० करोड हुनेगरी विनियोजनको व्यवस्था उहाले बताउनुभयो ।

उहाले खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट एक अर्ब ५० करोड , ९ अर्ब ४१ करोड , संघीय सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ६ करोड ५६ लाख, वित्तिय समानीकरण अनुदान ८ अर्ब ५२ करोड रहेको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाहीले जानकारी दिनुभयो ।

त्यस्तै चालु आर्थिक वर्षको विनियोजनबाट ३ अर्ब ८६ करोड ६७ लाख बचत हुने अनुमान गरिएको मन्त्री शाहीले बताउनुभयो ।

प्रतिक्रिया