सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

admin

काठमाडौँ, ३ असार : साताको पहिलो दिन सुनको भाउ बढेको छ । यस अघि शुक्रवार मात्रै प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । भने तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया