काठमाडौं, असार २ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित बिचार मिल्ने समाजवादी शक्तिहरु एक हुनु स्वभाविक रहेको भन्दै समाजवादी शक्तिहरुलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताउनुभयो ।
उहाले समाजवादी मोर्चाका कारण कोहि पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द बनाउने धारणा राख्नुभयो ।
राम्रो उदेश्यका लागि एक ठाउ आउदा विरोध गर्नुपर्ने कुनै कारण नभएको उहाको भनाइ छ । माओवादी केन्द्र, नेकपा समाजवादी लगाएतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन् ।