Home

गाडी दुर्घटनामा परेका कानूनमन्त्री सिंहको मृत्यु

admin

काठमाडौं, असार ५ : बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।

उनको बाँकेको नेपालगन्ज शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको थियो । मन्त्री सिंहको उपचारका क्रममा साँझ मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीका अनुसार सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा दिउँसो २ बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

 

प्रतिक्रिया