चूडामणि शर्मालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना

admin

काठमाडौं, असार ५ : विशेष अदालतले कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारी चूडामणि शर्मासहित तीनजनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ।

कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र शर्मालाई जनही ९ वर्ष कैद सजाय भएको छ। शर्मा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक हुन्।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय सुनाएको हो। यसअघिको सुनुवाइमा उनीहरूलाई दोषी ठहर गरिएको थियो।

विशेष अदालतले यसअघि नै उनीहरूमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो।

राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले त्यसको दोब्बर अर्थात् १२ अर्ब ३१ करोड ४० लाख ९३ हजार ६९४ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। उक्त रकम तीनैजनाले दामासाहीले तिर्नुपर्नेछ।

प्रतिक्रिया