काठमाडौं, असार ५ : नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरु अस्थीत्वको संकटमा रहेको बताउनुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै समाजवादी मोर्चा बनाएका माओवादी, जसपा लगाएत दलहरु अस्तीत्वको संकटमा रहेको बताउनुभएको हो । कांग्रेस र एमालेसंग नमिल्ने हो भने माओवादी पाँच देखि आठ सिट र नेकपा समाजवादी शुन्य सिटमा आउने अवस्था रहने उहाले बताउनुभयो ।
उहाले समाजवादी मोर्चाको कुनै औचित्व नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाँउ रहेकाले धेरै दिन नटिक्ने तर्क गर्नुभयो । भट्टराईले मोर्चा बिगतको इतिहास बताएर गर्व गर्ने पौढहरुको क्लव भएको बताउनुभयो । उहाले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दवाव नभएको उल्लेख गर्नुभयो ।