समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली

admin

काठमाडौं, असार ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताउनुभएको छ ।


बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गर्नुभयो ।

देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरु आफै पतन भएर जाने र पार्टी झन मजबुद भएर अघि बढ्ने उहाले बताउनुभयो । उहाले प्राकृतिक स्रोतको धनि राष्ट्र नेपाल गरिव हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थीतिलाई बदल्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा ओली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगाएतका दलबाट आएका बिभिन्न जिल्लाका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया