जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

admin

काठमाडौं, असार ८ :  गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

बिहान सवा १ बजेतिर सहिदलखन गाउँपालिका ३ मा पर्ने पातले खोलामा प्रदेश ३ –०१–०२३ च २४२७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परेर ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । घाइते १२ जनालाई उपचारको लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

अहिले उद्धारको काम चलिरहेको छ । पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया