एमालेले कम्युनिस्ट सरकार ढालेर दलाल पुँजीवादी पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाउन चलखेल गरिरहेको छ : माधव नेपाल

admin

काठमाडौं, असार ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट प्रधानमन्त्री ढाल्न एमालेले खेल खेलिरहेको आरोप लगाउनु भएको छ ।

पार्टी सम्पर्क विभागले आयोजना गरेको कार्यक्रममा गणतन्त्र उल्ट्याउने खेलमा एमालेले अनेक तिकडम गरिरहेको आरोप लगाउनु भएको हो । उहाले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादहरुसग घाटी जोड्न एमाले लालयित भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरुले गर्दा केपी ओली बर्बराइरहेको आरोप लगाउनुभयो । समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र नेकपा एसको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्नुभयो ।

त्यस्तै कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताउनु भएको छ । नेता खनालले पार्टी बनाउने हो भने श्रमिक जनतासग एकताबद्ध हुन जरुरी रहेको धन्दै अध्यक्ष नेपाललाई सचेत गराउनुभयो ।

 

प्रतिक्रिया