विश्वकप खेल्ने नेपालको सपना अधुरै

admin

काठमाडौं, असार ९ : आईसीसीको एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ ।​ जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।

समूह ‘ए’ अन्तर्गत नेपालले ४ मध्य ३ खेलमा पराजित भयो र सुपर सिक्समा पुग्न सकेन । शनिबार नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओदाउदले ९० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट हात पारे । गुल्सन झाले १ विकेट लिए । यसअघि टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १६७ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २७ रन तथा भीम सार्कीले २२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन जोडे । गुल्सन झाले १५ रन तथा सन्दीप लामिछानेले २७ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका लागि लोगान भान बिकले ४, विक्रमजित सिंह र बास डी लिडेले २-२ विकेट तथा क्लायटन फ्लोयड र आर्यन दत्तले १-१ विकेट हात पारे ।

प्रतिक्रिया