सरकारको कूल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो

admin

काठमाडौं, असार ११ : सरकारको हालसम्मको कूल बेरुजु रु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था लगाएतका बिषयमा जानकारी गराउदै उपमहालेखापरीक्षक महेश्वर काफ्लेले सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह र अन्य संस्था गरि ६ हजार बढि निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्षसम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको बताउनुभएको हो ।

कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख रहेको उहाले बताउनुभयो । त्यस्तै गत वर्षको मात्रै बेरुजु हेर्दा संघीइ निकायहरूमध्ये सबैभन्दा धेरै अर्थ मन्त्रालयमा मात्रै ३२ अर्ब ४६ करोड ८८ लाख बराबर बेरुजु देखिएको काफ्लेले बताउनुभयो ।

उहाले प्रदेशका कार्यालयमा दोहोरोपना, अनुदान रकमको न्यून उपयोगिता, परामर्श सेवामा धेरै खर्च देखिएको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले बेरुजु घटाउन आर्थिक बर्षको अन्त्यमा खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया