काठमाडौं, असार ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले आवश्यक निष्कर्ष निकाल्ने बताउनुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै जलहरीका बिषयमामा अनुसन्धान गरेको अख्तियारले छिटै प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभएको हो ।
अख्तियारले छानविन गरेको बिषयमा थप प्रतिक्रिया नदिने उहाको भनाइ छ । उहाले पशुपतिको दानपात्रका बिषयमा छानविन समिति गठन गरेर प्रतिवेदन प्रहरीसमक्ष बुझाएको भन्दै प्रहरीले थप अनुसन्धान गर्ने जिकिर गर्नुभयो ।
त्यस्तै एमाले सचेतक महेश बर्तौलाले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको भन्दै पार्टीले सहयोग गर्ने बताउनुभयो । पशुपतिनाथको जलहरी प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको उहाको भनाइ छ । । उहाले एमालेको शक्ति सामथ्र्य र प्रभाव देखेर नै विरोध गरिएको जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचार गरिएको देखिए दोषीलाई कारवाही गनुपर्ने बताउनुभयो । पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले अनुसन्धान गर्दै आइतबार नापजाच गरेको थियो ।