जलहरी प्रकरणमा राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्छ : योगेश भट्टराई

admin

काठमाडौं, असार १२ : नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानविन समिति बनाए राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई मुछ्ने काम भएकाले वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको हो ।

यस बिषयमा संसदीय छानविन समिति गठन गर्न एमाले तयार रहेको भन्दै उहाले समितिमा सांसदहरु नभएर संसदको अभिन्न अंगको रुपमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै भट्टराईले सरकारी तवरबाट निर्माण हुने कामहरुमा पहकदमी लिने र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउदा पनि ताम्रपत्रमा पूर्व राष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वभाविक भएको जिकिर गर्नुभयो । उहाले केहि बिषयमा एमालेलाई नियोजित रुपमा मुछ्ने काम भएको र मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको उल्लेख गर्नुभयो ।

त्यस्तै सचिव भट्टराईले ललिता निवास प्रकरणमा पनि एमालेलाई बद्नाम गर्न खोजिएको भन्दै कोहि पनि एमाले नेताले गढबढी गरेको पुष्टि भए पार्टीले कारवाही गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया