उच्च शिक्षाका लागि विद्यार्थीलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौं : प्रधानमन्त्री प्रचण्ड

admin

काठमाडौं, असार १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीलाई रुचिअनसारका विषयहरुमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई मंगलबार किर्तिपुरमा सम्बोधन गर्दै उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम रोक्नका लागिरुचिअनसारका विषयहरुमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभएको हो ।

विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै उहाले शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरुको आधारभूत दायित्व भएको समेत बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको उहाले बताउनुभयो ।

विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढनु अत्यावश्यक रहेको भन्दै उहाले विश्वविद्यालयबाट पेस हुने उपर्युक्त योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाले मुलुकको संघीय शासन प्रणालीअनुसार उच्च शिक्षाको पुनःसंरचनामा पनि विश्वविद्यालयले अग्रणी नेतृत्व लिन अपिल गर्नुभयो ।

प्रतिक्रिया