काठमाडौं, असार १२ : अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहने स्पष्ट पार्नुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय खारेजी गर्न लागिएको भन्दै एमाले र रास्वपाले विरोध जनाएपछि मंगलबार प्रतिनिधिसभाको दोश्रो बैठकमा यस बिषयमा जानकारी दिर्दै अर्थमन्त्री महतले निर्वाचनको स्वतन्त्रताको पक्षमा आफुहरु रहेको भन्दै आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहने स्पष्ट पार्नुभएको हो । उहाले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ, त्यस्तै अवस्थामा रहने बताउनुभयो ।
निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको कुनै मनाशय नभएपनि भुलबस बजेटमा खारेजी भन्ने शव्द परेको उहाको भनाइ छ ।
उहाले प्रशासन कार्यालय परिसरमा नै जिल्ला निर्वाचन कार्यालय राख्ने तयारी भएपनि सरोकारवाला सवैसंग कुराकानी भएपछि निर्वाचन आयोगको जिल्ला संरचना हटाउने कुनै योजना नरहेको जिकिर गर्नुभयो ।
उहाले आयोगको स्वतन्त्र अस्तीत्व र काम कारवाहीमा देखिएका व्यवधान समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।