विद्यालय स्तरीय पौडी प्रतियोगिता टुसाल मल्टिभेन्युमा हुँदै

admin

काठमाडौं, असार १२ : टुसाल मल्टी भेन्यूले आयोजना गर्ने विद्यालयस्तरीय पौडी प्रतियोगिताको दोस्रो संस्करण शुक्रबार हुने भएको छ ।

प्रतियोगिता काठमाडौंको तारकेश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा खेलहरु सन्चालन हुने आयोजक टुसालका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिता २५ मिटरको फ्रिस्टाइलको एक विधा मात्र समावेश गरिएको छ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधा समावेश गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा १०० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम्म २१ विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन् ।

विजेतालाई ट्रफी, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया