Home

प्रतिनिधिसभामा आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदै

admin

काठमाडौं, असार १३ : सरकारले आज बजेट पारितका लागि संसद्मा पेस गर्दै छ।

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो।​

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो। यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

प्रतिक्रिया