काठमाडौं, असार १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा आफ्नो कुनै सरोकार नभएको बताउनुभएको छ ।
बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले जलहरी बिषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य बिषयमा आफ्नो कुनै सरोकार नभएको बताउनुभएको हो ।
उहाले संसदमा एमालेलाई बद्नाम गर्न कसैले यो बिषयलाई उचालेको तर्क गर्नुभयो । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको बिषय नभएको उल्लेख गर्नुभयो ।
ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भएपनि यस बिषयमा आफुलाई केहि जानकारी नभएको जिकिर गर्नुभयो ।
ओलीले वर्तमान सरकार स्वार्थसंग अडिएको पनि बताउनुभयो । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुग्नुभएको हो ।