काठमाडौं, असार १७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानलाई पार्टीमा राख्न नसक्ने बताएका छन्।
आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टी प्रवेश गर्नेहरु धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए।
उनले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए। उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताए।