सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्न हेलचेक्र्याइँ गरेको छैन : कानुनमन्त्री गुरुङ

admin

काठमाडौं, असार १७ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरव्याजीको समस्या समाधानमा कुनै हेलचेक्राई नगरिएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केहि ढिलाई भएपनि मिटरव्याजीको समस्या समाधानमा कुनै हेलचेक्राई नगरिएको बताउनुभएको हो ।

समयमा नै विधेयक संसदमा प्रस्तुत हुनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै उहाले नेपाल सरकारका तर्फबाटै माफी माग्नुभयो । उहाले कानूनमार्फत मिटरव्याजी प्रकरणमा दोषी हुने जो कोहिलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

उहाले आर्थिक लेनदेनको कारोबारलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको र यसका कारण वास्तविक ऋण लिनेहरु नठगिने र नक्कली पीडित हुने समस्या पनि नहुने दावी गर्नुभयो । बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाईसर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिक्रिया