‘टिन स्टार इन्टरनेसनल २०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा

admin

काठमाडौँ : थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

जुलाई ३ तारिखदेखि ११ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि तीनै प्रतियोगीत सोमबार थाइल्याण्ड उडेका छन् ।

करिब ४५ देशको सहभागीता रहने प्रतियोगितामा उनलाई ईभेन्ट बेटर ग्यालेक्सीले पठाएको हो । नेपालको तर्फबाट सहभागिता जनाउने १३ वर्षिय आर्नभ श्रेष्ठ काठमाडौं प्रयागकुञ्ज स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।

सोही प्रतियोगिताकी सहभागी ११ वर्षिय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।

त्यस्तै तेस्रो सहभागी १३ वर्षिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विधार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।

नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट बेटर ग्ल्यालेक्सीका सिइयो आफैले थाइल्याण्ड लिएर उडेका हुन् ।

प्रतियोगीका लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकरण तथा तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यल.े गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्ने सहभागिहरुको पहिरन डिजाइन सिआईएफटीले गरेको हो ।

कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कलासंस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत गरेका छन् । थाईल्याण्डको बैंकक र पटाया शहरमा संचालन हुने टिन स्टार इन्टरनेसनल २०२३ मा फाइनल प्रतिस्पर्धा जुलाइ ९ तारिखमा हुनेछ ।

प्रतिक्रिया