न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भयो : महासचिव भुसाल

admin

काठमाडौं, असार २३ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधिश बन्ने प्रक्रियामा विचौलियातन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी पेशागतकानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरुको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायधिश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।

भुसालले न्यायाधिश बन्ने प्रक्रियामा हावी भएको विचौलियातन्त्र दलाल पूँजीवादको एउटा स्वरुप भएको तर्क गर्नुभयो ।

उहाले देश अहिलेजस्तै राजनीतिक अस्थीरतर्ता तर्फ ढकिलिदै जाने हो भने सुशासन र स्वतन्त्र न्यायालयको कुरा असम्भव हुने बताउनुभयो ।

उहाले संसद बिघटन गर्ने यसअघिको केपी ओलीको निर्णयले लोकतान्त्रीक स्थीरताका साथ विकास गर्ने जनताको आशामा तुषारापात हुन जाने भएकाले नै तत्कालिन नेकपामा विवाद भएको बताउनुभयो । त्यस क्रममा नेपालको भविष्यमाथिको गम्भीर बिषयलाई रक्षा गर्नका लागि आफुहरुले आवश्यक भूमिका खेलेको उहाको भनाइ छ ।

भुसालले दलाल पूँजीवादका कारण मुलुकमा बिभिन्न समस्या देखिरहेको र यसप्रति नयाँ भन्ने दलहरुले पनि कुनै चासो नदेखाएकाले उनीहरुको हविगत पनि पुरानैको जस्तो हुने अवस्था आउने जिकिर गर्नुभयो । कस्तो कानूनी व्यवस्थाले मुलुकमा सुशासन कायम गर्न सकिन्छ भन्नेमा कानून व्यवसायीहरुले सोच्ने बेला आएको उहाले बताउनुभयो ।

प्रतिक्रिया