गणतन्त्रले देशलाई ठीक बाटोमा डोर्‍याउन सक्दैन : राजेन्द्र लिङ्देन

admin

काठमाडौं, असार २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

उहाले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा राख्नुभयो ।

भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उहाले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि राप्रपा अघि बढेको बताउनुभयो ।

लिङ्देनले मुलुकमा संघीयता आइपनि पुरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदवाव सिर्जना गर्न सके राप्रपाको एजेण्डा पुरा हुन सक्ने तर्क गर्नुभयो । अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायीत्वको कल्पना गर्न नसकिने जिकिर गर्नुभयो ।

प्रतिक्रिया